
२३ असार,
बाँकेको नेपालगंञ्जमा जिल्ला ट्राफिक र नगर प्रहरी द्धारा बजार क्षेत्रहरुमा राखिएका मोटरसाईकल र व्यापारीहरुका ठेलागाडालाई हटाईएको छ ।
बिहान देखि नै बाँकेको नेपालगंज उपमहानगरपालिका बजार क्षेत्रहरुमा अवेवस्थित ढङ्गले पार्किङ गरिरहेका मोटरसाईकल र सड्कमा अतिक्रमण गरी सामान राख्ने ब्यापारीहरु तथा सडकमा राखेर ब्यापर गर्ने ठेलागाडाहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र नेपालगंज उपमहानगरपालिका नगर प्रहरी द्धारा व्यवस्थित कार्य भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक र नगर प्रहरीका अनुसार, नेपालगंञ्ज बजार क्षेत्रहरुमा धेरैजसो ठाउँ– ठाउँहरुमा अब्यवस्थित तरिकाले सबै सवारी साधनहरु देखि लिएर व्यापारीका ठेलागाडा समेत राख्ने गरिएको पाईन्छ ।
सोको कारण पनि दुर्घटना निम्त्याएको देखिन्छ । यस्ता अव्यवस्थित रुपमा राखिएको गाडिहरु र ठेलागाडा ब्यवस्थित गर्ने सके दुर्घटना कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयको धारणा रहेको छ ।