२३ असार, बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकाले एलानी जग्गा नापी गर्नुपर्ने भएकोले १५ दिने सुचना जारी गरेको छ ।

मंगलबार राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले एक सुचना जारी गर्दै मिति २०७८÷०४÷०६ गते देखि लागु हुने गरी वडा नं. ३ (भवनियापुर) भित्रका सबै एलानी तथा प्रति जग्गाको नाप जाँच गर्ने भएकोले सूचना जारी गरिएको जनाइएको छ ।

यद्दपि सो वडाहरुमा एलानी प्रति जग्गा जोतभोत गरेका जग्गावाला वा निजको प्रतिनिधिले आ– आफ्नो हकभोगको हिस्सा सहित जग्गा नापजाँच हुदाको समयमा सम्बन्धित जग्गामा उपस्थित भई आ– आफ्नो जग्गाको साँधसिमाना घुमि देखाई नापी गराउन अनुरोध गरिएको छ ।

नापी हुने सम्पुर्ण विषयमा थप जानकारी सम्बन्धित वडामा नापी गर्न खटिएका कर्मचारिहरुबाट वा नापी टोलि मुकाममा आई बुझन समेत अनुरोध गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख