२० असार,

बाँके अपडेट : दाङस्थित घोराहीमा लागु औषध ब्राउन सुगर बोकेर ल्याईएको मोटरसाईकलसहित ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, सोमवार अन्दाजी ७ः३० बजेको समयमा जिल्ला दाङ घोराही उप–महानगरपालीका वडा नं.१३ अन्नपुर्ण टोल बस्ने बर्ष २२ का कृष्ण बुढाथोकीले रा ४ प १०७४ नम्बरको मोटरसाईकलमा लागु औषध (ब्राउन सुगर) कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।

उक्त प्रहरीले चेकजाँच गर्दा ऐ.ऐ वडा नं.२ बस्ने वर्ष २३ को नुवाजन चौधारी र कृष्ण बुढाथोकी नापतौल गर्दा ६०० मिलि ग्राम लागु औषध ब्राउन सुगर जस्तै देखिने खैरो धुलो पदार्थ वरामद गरि पक्राउ गरेको हो ।

त्यसैगरी, सोमवार जिल्ला दाङकै राप्ति गा.पा.वडा नं.१ भालुवाङ रातोडाडा बस्ने बर्ष २७ को ऐकेन्द्र पुन मगरको घर कोठामा लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटी गई रितपुर्वक खानतलासी गर्दा निज सुत्ने कोठामा कालो पलास्टिकमा पोका पारि राखेको लागुऔषध ब्राउन सुगर २.३५ मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तै देखिने खैरो धुलो पदार्थ वरामद गरि प्रहरीले प्रक्राउ गरेको हो ।

प्रक्राउ परेका निजहरुलाई लागुऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरी जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख