
२२ असार,
बाँके अपडेट : बर्दियामा सालको काठ वेवारिसे अवस्थामा फेला पारि ईलाका प्रहरी कार्यालय बर्दियाले बरामद गरेको छ ।
प्रहरीका अनुसार, जिल्ला बर्दियायका एक ईलाका प्रहरी कार्यालय मैनापोखर र दुई प्रहरी चौकी जमुनी, र कालिका प्रहरी चौकी गरि तिन ओटै कार्यालयका प्रहरी टोलि गस्ती गर्ने क्रममा अन्दाजी मुल्य रू. २५,२३६÷– बराबरको किराना सामान, अन्दाजी मुल्य रू. १७,४६०÷–बराबरको २९१ किलोग्राम चिनी, अन्दाजी मुल्य रू.६४२०÷– बराबरको डिजेल र अन्दाजी मुल्य रू.१,६६,४००÷– बराबरको ४१.६० क्यू फिट सालको काठ वेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जानकारी दिएका छन् ।
प्रहरीले बरामद गरिएको सामान, कानून बमोजिम आवश्यक कारवाहीको लागी किराना सामानलाई राजापुर भन्सार कार्यालय गुलरिया र काठलाई बाँसगढी सब डिभिजन बन कार्यालय मोतिपुरमा बुझाईएको जानकारी दिएका हुन् ।