
२२ असार,
सुर्खेत : कालीकोटको नरहरिनाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ४ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा, सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेराको भएको प्रहरीले जानकारी दिएको छ ।
रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प १ ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।
एसएसपी चन्दका अनुसार दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । मंगलबार बिहान भएको दुर्घटनामा अन्य ४ जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिपमा १४ जना यात्रु सवार थिए। घटनास्थलबाट घाइतेहरुको उद्धार गरी सामान्य उपचारपछि घर पठाइसकिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाडी भिरालो र चिप्लो बाटोका कारण सडक छेउमा पल्टिएको थियो ।