२१ असार,

बाँके अपडेट :  बाँकेमा कोरोनाभाइरस संक्रमण घट्दै गए पनि जोखिमको कायम नै रहेकोले अझैपनि रोकथाम तथा नियन्त्रणका लागि केहि फेरबदल गरेर बाँकेमा पुनः थप एक साता निषेधाज्ञा लम्बाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक सुचना जारी गर्दै निषेधाज्ञा थप गरिएता पनि केहि फेरबदल भएको र बाँकी सबै यस अघिकै नियम अनुसार नै खुकुलो बनाएर असार ३१ सम्म थप गरिएको हो ।

सवारीसाधनहरु जोरबिजोर प्रणालीबाट हटाईयो
जारी गरिएको विज्ञप्तिका अनुसार, सवारीसाधनहरु जोरबिजोर प्रणालीबाट हटाएको छ ।  सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने बताएको हो ।

त्यसैगरी, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न दिइएको हो ।

एक साता थपिएको निषेधाज्ञामा बाँकी सबै यस अघिको विज्ञप्ति अनुसार नै जारी हुनेगरी यथावत रहने भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख