
२० असार, टंक रेग्मी :
बाँकेको नेपालगञ्जका इ–रिक्साहरुले मनपरी भाडा लिने गरेका छन् । नियामक निकायले निगरानी नगर्दा नेपालगञ्जमा सञ्चालित इ–रिक्साहरुले नयाँ मान्छे देख्ने वितिकै बढी भाडा लिने गरेका छन् ।
आईतबार एक सेवाग्राही बिपि चोक देखि गुल्म चोक जाने क्रममा इ–रिक्सा नम्बर २४०१ का चाकले बढि भाडा लगे, प्रतिवाद गर्दा सधै यो भन्दा पनि बढी भाडा लिने गरेको बताए । ति सेवाग्राहीले आफू ठगिएको हो कि महसुस गरी अन्य इ–रिक्सा चालकलाई सोधे तर उनिहरुले बिपि चोक देखि गुल्म चोक सम्मको भाडा २० रुपैँया लिने गरेको बताए । चालकहरु भन्छन् एक जनाले बढि भाडा लिदा अन्य रिक्साहरु पनि बढि भाडा लिन्छन् भन्ने सोच सेवाग्राहीमा पर्ने हुँदा बढि भाडा लिने रिक्सा चालकलाई कार्वाहि गर्नुपर्ने बताउँछन् ।
सेवाग्राहीले बढी भाडा लिएको विषयमा घम्बोझिमा खटिएका ट्राफिक तथा प्रहरीलाई जानकारी गराए पनि उनिहरुले यस विषयमा आफुहरुले केहि गर्न नसक्ने बताए । पालिकामा दार्ता गरी चलाएका इ–रिक्सालाई कार्वाहि गर्ने आफुहरु संग आधार नभएको बताउदै ति प्रहरीले भने उनिहरुसंग न कुनै कागज छ, न लाइसेन्स बरु नियमनकारी निकाएले नियम, कानुन बनाएर उनिहरुलाई व्यवस्थित गर्नु पर्ने बताए ।
असार १४ गते बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसका कारण गरिएको लकडाउन सहज बनाउनकालागि केहि खुकुलो पार्ने निर्णय गरेको थियो भने सवारी साधनहरु जोर बिजोर का आधारमा चल्न दिने भने पनि नेपालगञ्जमा त्यसको कुनै प्रवाह नै नगरी सबै प्रकारका सवारी साधनहरु चलिरहेका छन् भने कार्वाहिको जिम्मा पाएको प्रहरी मुख दर्शक भएर बसेको छ ।