
असार-२०,बाँके ।
✍️बिजय काफ्ले
बाँके जिल्लामा विभिन्न प्रवृत्तिका अबैध काम गर्ने तस्करहरु सक्रिय रुपमा काम गरिरहेका छन ।
भारतीय सिमा नाका सङ जोडिएको बाँके जिल्लाका दैनिक करोडौंको सामान बैध र अबैध गरि भित्रीने गर्दछ ।
राज्यको कर छली गरि करोडौंको सामन भारत बाट नेपाल ल्याउदा बाँकेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी लाई यस बिषयमा जानकारि नभएको भने हैन । तर डिउटीमा खटिने सम्पुर्ण सुरक्षा निकायका कर्मचारीलाई रु ५० देखि ४००/५०० सम्म दिएर ल्याउने गरेको एक तस्करमा सम्लग्न महिलाले बाँके अपडेट टि.भि. को एक कार्यक्रममा नै बताएकी छिन ।
डिउटीमा बस्ने प्रहरि लाई मात्र नभइ मासीक रुपमा घुमुवा र कुनै प्रहरिको माध्यम बाट लाखौं पैसा एसपि सम्म पुग्ने गरेको सोही महिलाले बताएकी छिन भने बाँके अपडेट मिडिया स्रोतले पनि जनाएको छ ।
भरतका एसएसबि सङ समेत तालमेल मिलाएर सामानहरु दैनिक थोरै थोरै गर्दै कामदार खटाउदै ल्याउने र नेपाल तर्फ जम्मा गरि सामनको कर नै ठ्गि गर्ने र सस्तो मुल्यामा बेच्न गर्दछन ।जसका कारण नेपालगन्ज लगायत बाकेका राम्रा ब्यापीरिहरु ठूलो मर्कामा परेको गुनासो बारम्बार आइरहन्छ ।
यस बिषयमा राजस्व अनुसन्धान कार्यलय कोहलपुर पनि जानकार छ। तर पनि कुनै कार्बाही नगर्दा आर्थिक चलखेल व्यापक भएको हुनसके अनुमान गर्न सकिन्छ ।
एक दिन मात्र नभइ दैनिक ठूलो परिमाणमा सामन आउछन र पटक पटक नया एसपि , डिएसपि र इन्चार्ज परिवर्तन हुदा छापा हान्दै सुरुमा तर्साउने र पछि मोटो रकम लिदै परिपाटी मिलाउने गरेको देखिन्छन । जसका कारण तत्कालीन एसपि ओम बहादुर रानाको पालामा बाँके अपडेट मिडियाले रंगिहात तस्करी भएको देखाउदा समेत प्रहरिले कार्बाही र अनुसन्धान गरेन । सशस्त्र प्रहरी एसपि अशोक बम लाई समेत बारम्बार ध्यानाकर्षण गराउदा समेत उनले समेत खासै चासो नदेखाएले प्रहरी र सशस्त्र प्रहरीका तल्लो तह देखि माथिल्लो तह सम्मको सेटिङमा तस्करी भएको बुझ्न सकिन्छ ।
तत्कालीन का.मु. सिडियो राम बहादुर कुरुवाङ्गले समेत प्रहरि कै सेटिङमा तस्करी भएको भन्दै बाँके अपडेट मिडिया सङ प्रष्ट बोलेका छन ।
सुरक्षा निकाय बाट यसरी बारम्बार विभिन्न माध्यम बाट सेटिङ र पैसा दिएर तस्करी भएको कुरा बहिर आउदा समेर प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान कानमा तेल हालेर बसेको छ । जसका कारण कर चुहावट भइ राज्यलाइ करोडौं को घाटा भएको छ ।
बाँके अपडेट स्रोतका अनुसार बाँकेमा सक्रिय रुपमा दैनिक विभिन्न माध्यम बाट तस्करी गर्ने प्रमुख ११ तस्करहरु निम्नअनुसार छन ।
१)मोनु कबाडिया
२)कल्लु
३)कलिम
४)भौकी
५) इरफान
६)मन्सुर
७)बर्कत
८)आरिफ
९)अत्तर अलि
१०)नसुद्दिन
११) सुल्लेमान
भौकी भनिने ब्यक्तीले आफू नदेखिएर कामदार बाट सामान वसार पसार गर्ने । र आफुले प्रहरी प्रशासन र घुमुवा सङको चाजो पाजो मिलाउने गरेको स्रोतको दाबी छ ।
बाँके कै हिरिमिनिया तर्फ बाट सक्रिय रुपमा सुरक्षा निकाय लाइ सेटिङ मिलाइ काम गर्न प्रमुख तस्कहरु बर्कत, बृजा आदि रहेको स्रोतको दाबी छ ।
पटक पटक प्रहरिले पक्राउ गरेता पनि आलम भनिने तस्करमा सम्लग्न ब्यक्ती र अन्य तस्करहरु को पुन: काम सुचारु भएको हुदा प्रहरीले हानेको छापा सेटिङ नमिल्दा तर्साएको जानकारहरु बताउछन ।
बाँकेको सिमा नाका निकै फितलो हुदा जिल्ला प्रशासन प्रमुख शिबराम गेलाल समेत रमिते भएर बसेको देखिन्छ ।