२० असार,

कञ्चनपुर : कञ्चनपुरस्थितमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै सरकारी गाडीमा अवैध रुपमा काठ ओसारपसार भईरहेको स्थानीयले फेला पारेका छन् ।

शनिबार निकुन्जको पूर्वी सेक्टर अर्जुनीको बा१झ ९७१० नम्बरको सरकारी गाडी काठ ओसार्दै गरेको अवस्थामा बेदकोट नगरपालिका–१ मा रहेको बैजनाथ मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुले नियन्त्रणमा लिएका थिएका हुन् ।

उक्त विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निकुञ्जको गाडी भएकाले त्यो जानकारी आफूहरुलाई नभएको बताएका छन् । घटनाको अनुसन्धान निकुञ्ज र वन कार्यालयले गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताएका छन् ।

यथपी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन मगरलाई उक्त विषयमा सोधेको थियो । उनले गाडीमा काठ फेला परेको सत्य भएको बताएका छन् । ‘उक्त काठ स्थानीयले गाडीमा ओसार्दै गरेको अवस्थामा फेला पारेको बताइरहेका छन् । तर निकुञ्जका कर्मचारीहरुले भने बेवारिसे अवस्थामा फेला परेको काठ आफूहरुले गाडीमा राखेर ल्याएको बताइरहेका छन्, उनले भने ।

उनले गाडीमा फेला परेको काठ नभएर दाउरा भएको दाबी गर्दै उक्त घटनाबारे अनुसन्धान जारी भईरहेको बताएका छन् ।

समाचार स्रोत : दिनेशखबर

प्रतिक्रिया

सम्बन्धित ख