
२० असार,
बैतडी : बैतडीबाट डडेल्धुरा आउँदै गरेको जीप दुर्घटना भएको छ ।
बैतडीस्थित सिगास गाउँपालिका ३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले बताएका छन् ।
रमेश पालका अनुसार, दुर्घटनामा परी २ जनाको घटनास्थलमै मुत्यु भएको छ । साथै उक्त दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । हालै प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरिरहेको छ ।
घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।