२० असार,

बाँके अपडेट : बाँकेस्थित नेपालगञ्ज जमुनाह नाका भएर नेपाल फर्किनेभन्दा भारतमा तर्फ जानेको संख्या तीन गुणा बढीले जान थालेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको तथ्यांकअनुसार असार पहिलो सातादेखि भारत जाने नेपालीको संख्या निकै बढेको जानकारी दिएको छन् ।

असार १ गतेदेखि शुक्रवार १८ गतेसम्मको तथ्यांकअनुसार भारतबाट नेपाल फर्किने ७ हजार ७ सय ४४ जना रहेकोमा त्यसको तीन गुणाले बढी २२ हजार ३७ जना जमुनाह नाकाबाट भारत तर्फ गएका छन् ।

नेपालतिर खेतीपातीको काम सकिएको र भारतमा कोरोनाको पनि जोखिम कम भएको खबर आउन थालेपछि नेपालीहरू भारत जान थालेका हुन् ।

नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक १ हजार भन्दा बढी नेपाली भारत रोजिरोटिको लागि गईरहेका छन् ।

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सरकार लाचार झै भएको छ । प्रदेशवासीको स्वदेशमै रोजगारी गर्ने सपना पुरा गर्नका लागि नीति–निर्माण गर्ने क्षेत्रमा पुगेकाहरुले चासो नदिएको गुनासो उनीहरुको रहेको छ ।

रोगले भन्दा भोकले मरिने भयो भन्दै रोजगारको लागि भारत जान लागेको एक भारत तर्फ जाँदै गरेका युवाले बाँके अपडेट सङ बताए

प्रतिक्रिया

सम्बन्धित ख