असार-१९,बाँके ।
✍️बिजय काफ्ले

ईन्टरनेट सेवा प्रदायक संस्था World link ले जनता लाई झुक्काएको बाँके अपडेट मिडिया लाई गुनासो आएको छ ।

बिगत केही समय एता World link ईन्टरनेट माथी विभिन्न माध्यम बाट बिरोध हुँदै प्रश्न चिन्ह उठेको छ । World link ले प्रदान गर्ने ईन्टरनेट सेवा अन्तरगत ल्याको ५०mbps ईन्टरनेट सस्तो मुल्यमा प्रदान गर्ने भन्दै २०७८ नयाँ बर्ष अफर निकाल्यो ।

२०७७ को चैत्र देखि २०७८ को नयाँ बैशाखमा समेत अफर भन्दै हजारौंले सस्तोमा राम्रो क्षमता को ईन्टरनेट उपलब्ध हुने भए पछि उक्त सेवा लिएक थिए । तर एक सेवाग्राहिका अनुसार ” न नेट स्पिड भने जती छ, न त भनेको समयमा राउटर दियो ” ।

सस्तो मुल्यमा राम्रो ईन्टरनेट ५०mbps को दिने भनेर प्रचार गरेता पनि उक्त कम्पनिको एक शाखाको प्राबिधिक सङ सोधी ईन्टरनेट स्पिड परिक्षण गर्दा ५० mbps भनिएता पनि जम्म १६ mbps देखि २२mbps सम्म मात्र स्पिड देखियो । यस बिषयमा बाँके स्थित एक प्राबिधिक लाई भन्दा अरुकोमा चलेको छ , तपाइको मा किन चलेन भन्दै सेवाग्राही लाई उल्टै चर्को स्वर मा भनेको एक सेवाग्राही बताउछन ।

बैशाखमा जोडिएको उक्त ईन्टरनेटको राउटर पनि नया 5G दिने भन्दै प्रचार गरेको थियो । तर बैशाखमा जोडिएको ईन्टरनेटको नयाँ राउटर(डिभाइस) आज असारको तेस्रो साता सकिदा समेत उक्त ईन्टरनेट सेवा प्रदायक संस्थाले विभिन्न बहाना बनाउदै उपलब्ध गराउन नसक्दा World link ले ठगेको भन्दै बाँके अपडेट सङ गुनासो आएको हो ।

यसरि सेवाग्राही लाई भने अनुसार ईन्टरनेट क्षमता दिन नसक्नु , आफुले तोकेको समय भन्दा करिब २ महिना बितिसक्दा समेत डिभाइस उपलब्ध गराउन नसक्नाले राम्रो मानिने World link को अहिले सबै तिर चर्को बिरोध भएको छ । हिजो देखि बाँके लगाएता केही क्षेत्रमा ईन्टरनेट नै अबरुद्ध भएको पाइएको छ ।

यस बिषयमा वास्तबिक सत्य तथ्य जान्नका निमित्त बाँके अपडेट मिडियाले कोहलपुरको जन गुनासो रहेका कारण कोहलपुर शाखामा फोन सम्पर्क करिब २० पटक प्रयास गर्दा समेत कार्यालयको नम्बरमा सम्पर्क भएन । र एक कर्मचारी लाई फोन गर्दा कार्यालयमा फोन गर्नुहोस मलाई हामि लाई सबै कुरा थाहा हुदैन भन्दै फोन काटिदिए ।

यसरी भनेको अनुसार ईन्टरनेट क्षमता नदिने र सस्थाले नै तोकेको समयमा आवश्यक सामान उपलब्ध नगराउने हो भने जनता लाई झुट्टा आश्वासन दिने उक्त ईन्टरनेट सेवा प्रदायक संस्था World link लाइ कानुनी दायरामा ल्याउन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित ख