१८ असार,

बारा : बारामा जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको आज बिहान मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

डिएसपीका अनुसार खेतमा काम गरिरहेका पटेललाई बिहान करिब आठ बजेको समयमा जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

उक्त हात्तीलाई नियन्त्रणमा लिनका लागि राष्ट्रिय निकुञ्ज र प्रहरी टोली प्रयासरत रहेको डिएसपी मिश्राले जानकारी दिए ।

जङ्गल क्षेत्रबाट करिब १५ किलोमिटर टाढा जिल्ला सदरमुकाम कलैया नजिक गएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख