१७ असार,

बाँके अपडेट : बाँकेमा पाटे बाघको छाला सहित २ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरेको छ ।

दिउँसो करिब ०१ः४५ बजेको समयमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं.४ तिलकपुर स्थित सडक बाटोमा दुर्लभ बन्यजन्तु बाटे बाघको छाला ल्याएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके बाट खटिएको टोलीले प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला अछाम मेललेख गाउँपालिका वडा नं.३ दर्पामा बस्ने बर्ष २७ को डम्बर बुढा र रामरोसन गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३५ को नन्दु बुढा हुन ।

निजहरुले बोकी ल्याएको झोलाहरु खानतलासी गर्दा दुर्लभ बन्यजन्तु पाटेबाघको छाला थान–२ सहित पक्राउ तथा बरामद गरी आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि रबिन्द्र खनालले बताए । आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगिएको बाँके प्रहरी प्रबक्ता मधुसूदन न्यौपाने ले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख