१७ असार,

तनहुँ : बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बस्यालको निधन भएको छ ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिएका छन् । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा समेत रहेको उनले बताए ।

पहिरोमा पुरिएर घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको उनले बताए । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित ख