
१६ असार । (एजेन्सी)
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न लागे पछि अष्ट्रेलियाका प्रमुख सहरमा कडा लकडाउन गरिएको छ ।
पछिल्लो समय संक्रामक मानिएको डेल्टा भेरियन्ट संक्रमण फैलिरहेको अवस्थामा अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन गरिएको हो । एजेन्सीका अनुसार बुधबार अष्ट्रेलियामा कोरोनाका संक्रमितको संख्यामा थप वृद्धि भएको देखिएको छ ।
अष्ट्रेलियामा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या दुई सय नाघेको बताइएको छ ।
अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, पर्थ, डर्विन, टाउन्सभिल्ला र गोल्ड कोस्टमा लकडाउन गरिएको हो ।