
२१ असार, बाँकेमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा लैंङ्गिक हिँसा नियन्त्रण संजाल समितिको आयोजनामा बाँकेका प्रहरी प्रमुख प्र.उ. श्याम कृष्णा अधिकारी र प्र.ना.उ.मदुसुधन न्यौपानेलाई स्वागत तथा परिचयात्मक कार्यक्रम समापन गरिएको छ ।
आईतवार मिति २०७८।०३।२० गते बिहानको करिब ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँके महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा लैंङ्गिक हिँसा नियन्त्रण संजाल समितिको आयोजनामा रहेको लैंगिक का निः वर्तमान अध्यक्ष रचना श्रेष्ठको अध्यक्षतामा कार्याक्रम सम्पन्न गरिएको हो ।
बाँके जिल्लाका बिभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, बाल क्लब , किशोरी क्लव, आमा समुह, न्यायिक समितिका प्रतिनिधि, पत्रकार तथा अथितीहरुको उपस्थितीमा यस जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्री प्र.उ. श्याम कृष्णा अधिकारी र प्र.ना.उ.मदुसुधन न्यौपानेलाइ स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको हो ।