
१६ असार,
काठमान्डौँ : नेप्सेमा केहि दिनयता निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक बुधबार आज थप ४.१३ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.१३ अंकले घटेर २ हजार ८२३.८८ विन्दुमा झरेको हो ।
यो समयमा दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.३२ अंकले घट्दै ५२२.३८ मा झरेको नेप्सेले बताएको छ । गत मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ४७.४९ अंकले घट्दै २ हजार ८२८ विन्दुमा झरेको थियो । त्यसो त यता नेप्से परिसूचक दिनानुदिन क्रमशः घटिरहेको बेला उता कारोबार रकममा समेत तिब्र गिरावट आइरहेको छ ।
नेप्सेका अनुसार आज सेयर कारोबारमा तिब्र गिरावट आई ५ अर्ब ८३ करोड बराबरको मात्र कारोबार भएको छ । यसदिन सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० करोड ३७ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ, भने सबैभन्दा कम हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ९ करोड ३९ लाख बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।