१६ असार,

काठमाडौँ : पश्चिमको रुकुम सदरमुकाम रहेको मुसिकोट नगरपालिका ४ मा मंगलबार बिहान सकेट बम फेला परेको छ । उक्त सकेट बम निष्क्रिय बनाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार, स्थानीय खेमबहादुर सुनारले खेतबारी खन्ने क्रममा प्लाष्टिकले बेरेको र तार जडान गरेको सकेट बम फेला परेको थियो । बुधवार आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उक्त बम निष्क्रिय गराएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहीसहित १० जना र नेपाली सेनाको नरसिंह दल गण (ख) गुल्म बोहरा गाँउबाट क्याप्टेन सुशील थापाको कमाण्डमा गएको ६ जनाको टोलीले बमलाई निष्क्रिय बनाएको हो ।
उक्त सकेट बम द्वन्द्वकालमै छोडिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख