१६ असार,

सिरहा : सिरहा नगरपालिका–१३ मा ट्रयाक्टर दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ ।
मंगलबार राति स १ त ३९७२ नम्बरको ट्रयाक्टर सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको सिरहा–१६ का २२ वर्षीय सुरज गोइतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

त्यसैगरी, हेटौडास्थित मकवानपुरको मनहरी गाउँपालिकामा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु र एकजना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।
दासको अनुसार, मकवानपुरको वडा नम्बर ९ ज्यामिरेस्थित पूर्व–पश्चिम सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा एक गाडी चालकको घटनास्थलमै मृत्यु भएको हो । अर्को एकजना घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको उनले बताए ।

पिकअपमा सवार बाराको महागढी नगरपालिका–४ का ३२ वर्षीय केदारनाथ थारु गम्भीर घाइते भएका छन्। थारुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

वीरगञ्जबाट मनहरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्बरको कुखुरा बोकेको गाडी सडकबाट करिब ८० मिटर तल राप्ती खोलामा खसेको छ । गाडी दुर्घटना भएको अवस्थामा प्रहरीले बुधबार बिहान फेला पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख