
१५ असार,
धादिङको : धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट एउटा ट्रक त्रिशुली नदीमा खसेको छ ।
वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ३ ख ८०७४ नम्वरको ट्रक मंगलबार विहान त्रिशुली नदीमा खसेको हो ।
प्रहरीका अनुसार ट्रकमा सवार चालकबाहेक अरु को को थिए भन्ने यकिन भएको छैन ।
ट्रकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
वीरगन्जबाट काठमाडौंका लागि छुटेका कपडा लोड गरिएको तीन वटा ट्रकमध्ये एउटा ट्रक सम्पर्कमा नआएपछि गरिएको खोजी कार्यमा दुर्घटनामा परेको पुष्टि भएको थियो ।
तर नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान प्रहरीको छ ।
बेपत्ता हुने सवारी चालकको पहिचान खुल्न सकेको छैन । थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।