हजारौं समर्थक सहित नेपालगन्जमा राजाबादी र हिन्दुबादी सडकमा उत्रिएका छन । स्वस्फूर्त रुपमा सडक मा उत्रिएको जमातले “राजा आउ देश देश बचाउ , हिन्दु राष्ट्र कायम गर , गणतन्त्र मुर्दाबात” आदि नाराबाजि लगाएका थिए ।   

विभिन्न धार्मिक संगठन , संघ ,राजनीति दलका ब्याक्तित्वहरुको सहभागीता रहेको थियो । राप्रपा,काङ्ग्रेस,नेकपा, शिबसेना , शाही युवा शक्ति, हिन्दु संघ आदि को सहभागीता रहेको थियो ।

स्वतन्त्र कार्यक्रम भनियको उक्त कार्यक्रममा राप्रपा पार्टीका नेता कार्यकर्ताको बाक्लो सहभागीता रहेको देखिन्थ्यो ।

कार्यक्रममा बक्ताको रुपमा नेपालगन्ज उपमहानगर पालिकाका मेयर धवल शमशेर राणाले समेत अफ्नो भनाइ रख्दै भन्नू भयो ” गणतन्त्रले धोका दियको छ , देशमा हिन्दुराष्ट्र र राजसस्था पुर्न : स्थापाना गरेरै छाड्ने छौ “

नेपालगन्जमा शक्ति प्रदर्शनका लागि आयोजना गरिएको र्‍याली बागेश्वरी मन्दिर पार्कबाट सुरु भई सेतुविक चोक, पुष्पलाल चोक, विरेन्द्र चोक, विपी चोक, गणेशमान चोक, चारबाहिनी, भेरी अस्पताल चोक, त्रिभूवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै विरेन्द्र चोकमा पुगेर कोण सभा हुँदै कार्यक्रम सम्मपन्न भयको छ ।

प्रतिक्रिया

सम्बन्धित ख