१५ असार,

बाँके अपडेट : जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध मुद्दामा फरार भएका ब्यक्तीहरुलाई मंगलबार पुनः पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, बाँके जिल्ला कोहलपुर नगरपालिका वाड नं. २ बस्ने बर्ष २८ को किशोर बि.क. र सोहि बस्ने बर्ष २३ को नारायण बि.क. लाई पक्राउ गरेको छ ।

प्रक्राउ परेका लागू औषध मुद्दामा मिति २०७६।११।१६ गतेको फैसलाले नारायण बि.क. लाई ८ महिना १० दिन कैद र किशोर बि.क.लाई रु.१०,०००। (दश हजार रुपैयाँ) जरिवाना तोकिएको थियोे तर निजहरु हाल सम्म फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले पुनः मिति २०७८।०३।१५ गते मंगलबार निजहरुलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझ्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले बाँके अपडेलाई जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख