१५ असार,

बाँके अपडेट : आज किसानका लागि विशेष दिन अर्थात धान दिवस रहेको छ । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् र मनाउदै आएका छन् ।

निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा धान रोपिएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान रोपिएको हो । कार्यक्रममा मन्त्री नेम्वाङले पनि नार्क परिसरको जग्गामा मेशिन र आफैँले धान रोपेका छन् ।

कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

तस्वीर स्रोत : सामाजिक संजाल

प्रतिक्रिया

सम्बन्धित ख