१५ असार,

बाँके अपडेट : बाँकेमा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सोमबारको निर्णय अनुसार करिव दुई महीनाको समय पछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका छन् ।

बाँकेका सिडिओले साना माईक्रो बस देखि २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी उक्त एक सातालाई निषेधाज्ञा थप गरिएको छ ।

उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि बाँकेमा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएनन् ।

बाँकेमा निजी सवारी साधन भने यसअघि नै जोर–बिजोर प्रणाली अनुसार नै सञ्चालनमा आइसकेका छन् ।

तस्वीर :

 

प्रतिक्रिया

सम्बन्धित ख