असार-१४,बाँके ।
✍️बिजय काफ्ले

ईलाका प्रहरी कार्यालय कोहलपुरले ३ बोरा कपडा बरामद गरेको छ ।

नेपालगन्ज बाट कोहलपुर तर्फ आउदै गरेको एक मोटरसाइकल र एक स्कुटरमा गरि ३ बोरा कपडा बरामद भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि रबिन्द्र खनालले बाँके अपडेट लाई जानकारी दिएका छ्न ।

उक्त कपडाको साथमा रहेको प्यान बिल श्री श्याम ट्रेडिङ नेपालगन्ज ३ बागेश्वरी टोलको रहेको स्रोतले जनाएको छ । उक्त प्यान बिल आज १४ गते भएता पनि १२ गतेको काटिएको र अनलाइन बिल समेत पुरानो मिति १२ गते नै काटिएको छ । नेपालगन्ज देखि कोहलपुर सम्मको दुरि जम्मा १६ किमि को मात्र रहेको र बिल २ दिन पुरानो भएको हुदा अबैध कर छलि गरि ल्याएको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ ।

उक्त कपडा रातिको १०:३० बजे कोहलपुरको कौशिलानगर बाट पक्राउ गरिएको हो ।

डिएसपि खनालका अनुसार उक्त सामान लाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाउने तयारी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख