
१४ असार,
बाँके अपडेट : कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा थप एक साता निषेधाज्ञा लम्बाइएको छ ।
निषेधाज्ञा जारी गरिएको विगतको भन्दा केही खुकुलो गरिएको दीर्घराज उपाध्याय सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) ले बाँके अपडेटलाई जानकारी दिएका छन् ।
जोर–बिजोरका आधारमा सवारीसाधन चल्न दिईने
सुचना अधिकारीका अनुसार, सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने बताए ।
त्यसैगरी, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न दिइएको हो ।
एक साता थपिएको निषेधाज्ञामा बाँकी सबै यस अघिको विज्ञप्ति अनुसार नै जारी हुनेगरी यथावत रहने बाँके अपडेटलाई जानकारी दिएका हुन् ।