१४ असार,

बाँके अपडेट : प्युठान पानि ट्यांकी नजिकै एक युवकको मृतक र एक गम्भीर घाईते अबस्थामा फेला पारेको प्रहरिले बाँके अपडेट जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान करिव ७ बजे यो घटना भएको अनुमान गरिएको छ । उक्त घटनामा प्युठान नगरपालिका वडा नं १० को पानी ट्यांकी नजिकैका बर्ष २५ का हेमन्त पुन मृत अबस्थामा भेटिएका छन् ।

त्यसैगरि,  बर्ष २४ का सुरेश बस्नेत गम्भीर घाइते अबस्थामा फेला परेका हुन् । घाइते भएका बस्नेत लाई उपचार को लागि करिव ९ बजेको समयमा जिल्ला अस्पताल बिजुवारमा लगिएको थियो । तर गम्भीर अबस्था भएका कारण थप उपचारका लागि भैरहवा रिफर गरिएको छ । भने मृतकको शब घटनास्थलमै राखिएको प्रहरीले बताएको छ ।

घटना के कसरी भयो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले बाँके अपडेट लाई जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख