
१४ असार,
बाँके अपडेट : जिल्ला प्रहरी कार्यालय बाँकेले बैङ्किङ कसुर मुद्दामा फरार भएका ब्यक्ती लाई पुनः पक्राउ गरेको छ ।
कैलालीस्थित टिकापुर घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकाँदोमा बस्ने ३५ वर्षीय प्रदिप यादव (नाम परिवर्तन) लाई पक्राउ गरेको हो ।
प्रक्राउ परेका यादवलाई बैङ्किङ मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेले मिति २०७६।०९।२३ गतेको फैसलाले ८ दिन कैद र रु.११,२५,०००।– (एघार लाख पच्चिस हजार रुपैयाँ) जरिवाना तोकिएको तर हाल सम्म फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले पुनः मिति २०७८।०३।१३ गते आईतवार निजलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझ्याइएको छ