१४ असार,

कैलाली :  कैलालीस्थित अत्तरियाबाट १२० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई सुनसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घटाने, २० वर्षीय महेश सार्की र १८ वर्षीय विशाल जाग्री रहेका ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख