
१३ असार,
बाँके अपडेट : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (प्रहरी उपरीक्षक) फेरबदल भएका छन् । जस मध्ये बाँकेका एसपी ओम रानालाई विदाई गरेका छन् । भने, (प्रहरी उपरीक्षक) श्यामकृष्ण अधिकारीलाई स्वागत गरिएको छ ।
बाँकेमा प्रहरी प्रमुखका रुपमा कार्यरत प्रहरी उपरीक्षक ओमबहादुर राना सरुवा भएका हुन । भने नयाँ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको आगमन भएको हो ।
बाँके जिल्ला प्रहरीले आइतबार एक औपचारिक कार्यक्रम गरी सरुवा भई जान लागेका एसपी ओम रानालाई बिदाई गरिएको हो । भने नयाँ आउने प्रमुख एसपी अधिकारीलाई स्वागत गरेको छ ।
एसपी ओम रानाको आगमन २०७७ साल असार ५ गते भएको थियो । एसपी बाँके जिल्लामा कार्यालय प्रमुखको रुपमा कार्यरत रहेका थिए । उनको प्रदेश प्रहरी कार्यालय भैरहवामा सरुवा भएको छ ।
त्यसैगरी, नयाँ प्रहरी प्रमुखका रुपमा एसपी श्यामकृष्ण अधिकारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौबाट सरुवा बाँके आएका हुन ।
ईलाका प्रहरी कार्यालय बाँकेले टीकापुर कैलालीबाट सरुवा भई आएका बाकेका नयाँ डिएसपी(प्रहरी नायब उपरीक्षक) मधुसूदन न्यौपानेलाई स्वागत गरिएको छ ।