असार-१३,बाँके ।
✍️बिजय काफ्ले

कोहलपुर नगरपालिका कर्मचारीको मनोमानी र जनप्रतिनिधिको रजाइ भएको पाइएको छ।

कोहलपुर नगरपालिका भित्रका धेरै जसो कर्मचारी दैनिक ११ बजे वा सो भन्दा पछि ढिलो समयमा आउने गरेको बिशेष सुचनाका आधारमा बाँके अपडेट मिडिया टिम कोहलपुर नगरपालिका पुग्दा धेरै जस्तो टेबल र कुर्चीहरु खालि नै देखिन्थ्यो ।

बिहान १०:०० बजे नै बाँके अपडेट मिडिया टिम सेवा ग्राही बनेर कार्यालयमा पुग्दा न कार्यालयमा कर्मचारी थिय न जनप्रतिनिधि नै । केही कर्मचारी आएता पनि धेरै जसो कुर्सी खाली नै थियो । जनताको सेवामा खटिने भन्दै चुनाब जितेका जनप्रतिनिधिहरु मेयर लुट बहादुर रावत र उपमेयर सन्जु कुमारी थारु आफै जनताको काम भन्दा पनि राजनीतिक खिचातानीमा ब्यस्त रहेका कारण कर्मचारीको मनोमानी चुल्लिएको जानकारहरु बताउछन ।

११ बज्दा समेत कार्यालयका आधा भन्दा बढी कर्मचारी आफ्नो कार्यकक्षमा देखिदैनन् । जसका कारण आम जनताले सेवा पाउन ढिला सुस्त हुने गरेको एक सेवा ग्राहीले बाँके अपडेट लाई बताए ।

यसरी ११ बज्दा पनि कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिएको आज पहिलो दिन नभएको र दिनहु हुने प्रक्रिया रहेको एक स्थानीय नेताले बताए । तर मेयर र उपमेयर आफ्ना लाई ठेक्का पट्टा पार्ने र पार्टीका कार्यकर्तालाई कर्मचारी बनाइ जागिर खुवाउन ब्यस्त रहेको एक नेताले बताए ।

जनप्रतिनिधि लाई नगरपालिका भित्रको कर्मचारीको रेखदेश देखि कर्मचारीको ब्यवस्थापन गर्ने सम्मको अधिकार हुन्छ तर मेयर र उपमेयरको आफ्नै आन्तरिक राजनीति लडाइले कोहलपुर नगरपालिका भित्रका कर्मचारीमा पनि निरासता छाएको एक कर्मचारी नाम नबताउने सर्तमा भन्छन ।

कोहलपुर नगरपालिका भित्रका अन्य कार्यालयमा समेत कर्मचारीको ब्यापाक मनोमानी रहेको Banke Update अनलाई टि.भि मार्फत प्रस्तुत गरिसक्दा समेत जनप्रतिनिधि आखामा पट्टी बाधेर बसेका छन । भने त्यस्ता कर्मचारी माथी कुनै कार्बाही भएको पाइदैन ।

प्रतिक्रिया

सम्बन्धित ख