
१३ असार,
विराटनगर : सुनसरीको कोशी गाउँपालिका –८ मा माईक्रोबसले मोटरसाइकल र पिकअप भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन् ।
डीएसपीका अनुसार, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हाइसले पूर्वतर्फ आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगतै सोही दिशाबाट आउँदै गरेको को१च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको बताएका हुन् ।
रोडमा तीव्र गतिको हाइसको ठक्करबाट मोटसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअपका चालक विराटनगर– ७ का करीब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो ।
हाइस चालक नुवाकोट विदुर नगरपालिका– १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका– ११ का २५ वर्षीय नारायण बस्याल पनि सामान्य घाइते भएका छन् । पानी परिरहेको समयमा तीव्र गतिमा हुइकिएका कारण दुर्घटना भएको उनले बताए ।