१३ असा,

कैलाली : कैलालीस्थित कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ लालपुरका २२ वर्षिय नरेन्द्र मडैलाई सशस्त्र प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

सशत्र प्रहरीका अनुसार, बेलौरी नगरपालिका वडा नम्बर ८ कालोपुल सीमा क्षेत्रबाट उनलाई ६ दशमलव ९० ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रकाउ गरिएको बताएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी मातहतको बोडैर आउट पोष्ट पचुईबाट सशस्त्र प्रहरी नायव निरिक्षक केशवबहादुर चन्दको कमाण्डमा गएको समूहले उनलाई पक्राउ गरेका थिए । थप अनुसन्धान र कानूनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको सशस्त्र प्रहरी नायव निरिक्षक केशवबहादुर चन्दले जान्कारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख