
११ असार,
बाँके अपडेट : लागुऔषध दुर्व्यसनविरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगंजको जमुनाह नाकामा सचेतिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
मिति २०७८।०३।११ गते पर्न गएको अन्तराष्ट्रिय लागू औषध दिवशको अवसरमा यो कार्यक्रम दिवश मनाईएको हो ।
उक्त कार्यक्रममा सहायक प्र.जि.अ.शंकर बहादुर विष्ट, प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, स.प्र.उ. असोक बम, राष्ट्रिय अनुसन्धान उप–निर्देशक नरेन्द्र गिरी लगायत लागू औषध बिरुद्ध काम गर्ने सरोकारवाला सबै निकाय तथा भारतिय प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक ओम बहादुर रानाले लागू औषधको विरुद्धमा सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नु पर्ने कुरा प्रष्ट गरेका छन्।