११ असार,

गुल्मी : गुल्मिस्थित रहेको मालिका गाउँपालिकाले अब देखि स्थानीय लोकल रक्सी (घरेलु मदिरा) लाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले नवौं गाउँसभाबाट स्थानीय स्तरमा उत्पादन हुने लोकल रक्सी बिक्री वितरण तथा व्यवस्थापन ऐन २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिएका छन् ।

भण्डारिका अनसार, स्थानीय स्तरमा उत्पादन हुने कोदो र खुर्पानीको रक्सीलाई गुणस्तर मापन गरी स्टिकर टास्ने र सिलबन्दी गर्ने गरी ऐन तयार पारी पारित गरिएको बताए । ऐन गाउँसभाबाट पारित भएसँगै अब नियमावली बनाएर कार्यान्वयन गर्ने समेत भण्डारीको भनाई रहेको छ ।

गाउँपालिकाले बनाएको ऐन विपरीत घरेलु मदिरा बिक्री वितरण र उत्पादन गरे ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा उल्लेख गरिएको छ । अवैध रुपमा गाउँमा घरेलु मदिराका भट्टीहरु चलेको भन्दै त्यसलाई कानुनी दायरामा ल्याएर साना उद्योगको रुपमा सञ्चालन गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताएका हुन् ।

ऐन लागु भएपछि लुकीछिपी मदिरा बिक्री वितवरणमा कमी आउने र दर्ता प्रक्रियामा आएपछि करको दायरा पनि बढ्ने गिरीको दाबी छ । उनले सकभर मदिरा सेवन नगर्ने र सेवन गर्नै पर्ने भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्नुपर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख