
१० असार,
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला असंवैधानिक कदमविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ ।
विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका विद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन गरेका हुन्। नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंमा आबद्ध विद्यार्थीहरुले प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।
विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्री ओलीविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेपछि बिहीबारबाट प्रदर्शन सुरु भएको छ ।