
१० असार,
बाँके अपडेट : भारतमा नेपाली यात्रुहरु बोकेको बस दुर्घटना भएको छ । भारतको महाराष्ट्र पलियाबाट बेङलोरतर्फ गइरहेको बस दुर्घटना हुुँदा २ जना यात्रु घाइते भएका छन् । भने अरु सबैको अवस्था सामान्य रहेको डडेल्धुराका प्रेम सिंह धामीले बाँके अपडेटलाई जानकारी दिएका छन् ।
उनका अनुसार, बुधबार बिहान ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको बताइएका छन् । दुर्घटनापछि बसका केहि यात्रुहरु अलपत्र परिरहेका छन् ।
धनगढीमा रहेको खप्तड सैपाल टुर एण्ड ट्राभल्समार्फत गएका ४० भन्दा बढी यात्रुहरुको अहिलेसम्म पनि उद्वार नगरिएको उनले बताएका छन् । एजेन्टहरुले गाडी पठाउने भनेको भएपनि हालसम्म गाडी नआएको सिंह बताउँछन् ।