१० असार,

मुम्बई, भारत : सुदूरपश्चिम कैलालीबाट रोजगारीको शिलशीलामा गएका एक युवकले भारतको वेश्यालयबाट नेपाली युवतीको उद्धार गरेका छन् ।

नेपालिचेलि उद्धार गर्ने व्यक्तिको अनुभव यस्तो रहेको छ ।
म विगत लामो समयदेखि भारतमा बस्दै आएको थिएँ । यही जेठको अन्तिम दिन रातिको करिब १० बजे अचानक मलाई फोन आउछ । ‘म सन्तोषी यादव (नाम परिवर्तित), के म हिमाल साउँदसँग कुरा गर्दैछु ?’ उताबाट आवाज आयो ।

मैले ‘हजुर भन्नुहोस’ भने, उनले आफ्नो पीडा सुनाउन थालिन् । उनले मलाई हजुर सामाजिक अभियन्ता हो र ? भन्दै फेरि प्रश्न गरिन् । तर मैले होइन भन्दै जवाफ फर्काए ।

तर उनी समस्यामा भएको जस्तो मलाई लाग्यो । मैले सोधे, ‘केही समस्या छ र?’ त्यसपछि उनले आफ्नो पीडा सुनाउन थालिन् । उनि भारतको वेश्यालयमा बेचिएकी रहिछन् । मैले नम्बर दिने मान्छेको नाम सोधे ।

एक जना नेपाली ग्राहकले मेरो नम्बर दिएका रहेछन् । मैले पहिला पनि नेपाली चेलीको उद्धार गरेकाले नेपाली ग्राहकले मेरो नम्बर दिएका रहिछन् ।

उनी भारतको वेश्यालयसम्म पुग्नुको कारण बताउन थालिन् । धेरै पीडादायी कथा रहेछ । म सँग कुरा गरेपछि उनको मनमा म प्रति धेरै आशा जागेको रहेछ । मैले उनलाई केहि समयको अन्तरालमा आफुबाट हुने सहयोग आशा दिलाए ।

तर म आधिकारीक व्यक्ति नभएको भन्दै सक्दो सहयोग गर्ने बताए । मैले उनि बस्दै आएको नर्कको नाम र ठेगाना मागे । तर त्यो वेश्यालयमा ग्राहक बनेर जानुपर्ने उनको भनाई थियो । मैले ‘हुन्छ’ भने । भारतको वेश्यालयबाट नेपाली युवतीको उद्धार गर्नु सामान्य कुरा थिएन् । ठेगानासहितको नाम पनि उनले मलाई उपलब्ध गराईन् ।

दोस्रो दिनको साँझ म एक जना भारतीय साथीको सहयोगमा वेश्यालयसम्म पुगे । उद्धार गर्न जाँदा मलाई पनि समस्या थियो । ठाउँ देखेको थिएन । कोही चिनेका पनि थिएनन् । उनले भने अनुसारको ठेगानामा हामी गयौ ।

प्रवेश द्वारमा रहेका एक जनाले वेश्यालयको सेवाको बारेमा बताउने रहेछन् । हामीले ‘के–के पाउँछ’ भन्दै प्रश्न गर्यौ । उनले भने, ‘पैसा भए सबै मिल्छ’

मैले प्रश्न गरे ‘रोजेको पनि पाउँछ’ । उनले बढी रकम लाग्ने बताएका थिए । मैले कति भन्दै सोधे । उनले एक घण्टाको २ हजार भनेका थिए । हामिले केहिबेर सम्झौता गरेर १५ सयमा कुरा भयो । हामी २ जना भित्र गयौ । वेश्यालयमा जात्रा थियो । झण्डै ५० जोडीहरु थिए । त्यहाँको संसार नै फरक रहेको थियो ।

हामी दुई जनाले भने सन्तोषीलाई खोज्दै थियौ । सन्तोषीको वास्तविक नाम बतायौ । उनले मलाई देखिकी थिएनन् । अन्य ग्राहक जस्तै कोठामा लग्न ‘हिड्नु रुममा’ भनेपछि म भावुक भएको थिए । भारतको वेश्यालयमा नेपाली चेलीको हालत देख्दा मन रुन थाल्यो ।

उनको उमेर मेरो भन्दा कम थियो । कोठामा पुगेलगतै मैले परिचय बताए । परिचयपत्र देखाए । ‘म हिमाल साउँद हो । जसलाई तिमिले फोन गरेकी थिएयौँ नी’ मैले भने । त्यसको लगत्तै उनी आँखा भरी आशु निकालेर रुन थालिन् ।

‘दाई मलाई यो नर्कबाट उद्धार गर्नुहोस’ उनले यति मात्रै भनेकी हुन । सन्तोषीले भारतको वेश्यालयमा बेचिएको पीडा पनि सुनाईन् । त्यो कुरा फोनमा पनि मलाई उनले मलाई बताएकी थिईन् ।

मैले प्रयास गर्ने आश्वासन दिए । मन बलियो बनाउनु भने । केही बेरमा बाहिर आए । २ घण्टाका लागि भित्र गएको म केही बेर मात्र बस्न सके । तर उद्धार गर्ने योजना पूर्ण भएको थिएन ।

मनमा हजारौ प्रश्नहरु ? थिए । तर कसलाई बताउने ? मन दह्रो बनाउदै साथी र म दुवै बाहिर आयौ । पहिले पनि मैले एक युवतीको उद्धार गरेको थिए । त्यही तरिका फेरि प्रयोग गरे । तर प्रत्येक दिन मलाई वेश्यालय जानु सम्भव पनि थिएन ।

म संग नेपाली चेली उद्धारका लागि आवश्यक रकम पनि थिएन । भारतीय एक जना साथीको सहयोग मागे । उनले वेश्यालयमा रहेकी नेपाली चेलीको उद्धार गर्न मलाई ठुलो सहयोग गरे ।

साथिले नेपाली चेलीलाई वेश्यालयबाट बाहिर ल्याउने केहि उपायहरु खोज्न थाल्यो । उसले मेरो मान्छे हो भनेर चिनाउन मैले हिमाल नाम लेखेको १० रुपैया दिएको थिए । त्यो आधारमा सन्तोषीले भारतीय साथीसँग मिलेर बाहिर आउने योजना बनाउँदै गरिन् ।

दिन बित्दै गए । मेरा मिज्यू इन्द्रजितसँग समेत छलफल गरे । नेपाली चेलीलाई नेपाल फर्काउने अनेक उपायाहरु खोजिरहेका थियौ । अप्ठ्यारो परिस्थिती आए के गर्ने लगायतका योजनाहरु समेत हामीले तयार पार्दै थियौ ।

भारतीय शिव सेनासँग गाडीको सहयोग मागे । शिव सेनाले भारतीय प्रहरीको सहयोग माग्न सुझाव दिएका थिए । प्रहरीको सहयोग माग्ने मैले बताए । तर मलाई झण्डै १ लाख ५० हजार आवश्यक थियो, वेश्यालयमा बुझाउनको लागि, नेपाली चेलीलाई २० दिनका लागि भाडामा लिने बहाना जो गर्नुथियो ।

नेपाली चेली २० दिनमा नेपाल पुगिसक्ने मेरो अनुमान थियो । रकम दिए फिर्ता नहुने त्रास भारतीय शिवसेनाका साथीको थियो । तर मैले विश्वास दिलाए । उनले आफ्नो तर्फबाट १० हजार समेत सहयोग गरेका थिए ।

नेपाली चेलीलाई भारतको नर्कबाट बाहिर ल्याउने योजना तयार भयो । अर्काे दिन एक जनालाई वेश्यालयका सञ्चालकसँग कुरा गर्न पठायौं र नेपाली चेलीलाई भाडामा ल्याउने कुरा मिल्यो ।

सन्तोषीलाई दिउँसो २ बजे हामी सबै मिलेर वेश्यालयबाट बाहिर ल्याउन सफल भयौँ । वेश्यालयको माग अनुसार रकम पनि बुझायौ । सन्तोषीले आफूसँग केहि पैसा भएको बताईन् । र हामिले शिवसेनाबाट लिएको सहयोग रकम फिर्ता गरेर हामि त्यहाँबाट निस्कियौँ ।

नेपालका लागि गाडीभाडा शिवसेनाका नेताले नै दिएका थिए । गोरखपुरको रेलसम्म साथीले पु¥याएको थियो । तर म गएन । नेपाली चेलीको भारतीय वेश्यालयबाट उद्धार गरिएकाले ज्यानको समेत जोखिम थियो ।

उनि गोरखपुरबाट सुनसरीका लागि गाडि चढिन् र आज सन्तोषी परिवारसँग भेट भएर खुशी भईरहेकी छिन् । सन्तोषीले नै मलाई ‘म घर पुगें’ भनेर खबर गरेकी छिन् ।                            समाचार : विशेष स्रोत 

प्रतिक्रिया

सम्बन्धित ख