९ असार,

बाँके अपडेट : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख उपरीक्षक (एसपी) ओम बहादुर राना द्धारा खटाएको टोलिले मोवाईल गाडीमा राखेर गत बैशाख तेस्रो साता राती बाँकेको हिरमिनिया ठाउँबाट सालको काठसहित एक जना तस्करलाई नियन्त्रणमा लिएको थियो ।

अवैध ५ थान सालको काठसहित हिरमिनियाकै निसार खाँलाई मोवाईल गाडीमा राखेका प्रहरीले पक्राउ गरेका थिए । हिरमिनियामा ठाउँमा काठ तस्कर गरिरहेका खाँ पक्राउ परेको खबर (एसपी) ओम बहादुर रानासम्म तुरुन्त आई पुग्दछ ।

एसपीले रानाले तत्काल सादा पोशाकमा प्रहरी जवान मनिराम महरलाई हिरमिनिया ठाउँमा पठाउँछन्
(जो एसपी रानाले रकम असुलीको लागि परिचालन गरेका प्रहरी नाइके हुन) त्यहाँ पुगेर उनले पक्राउ परेका खाँको पहिल्यै एसपी सापसँग सेटिङ भईसकेकोले काठ र खाँलाई छोड्न मोवाईल गाडीमा राखेका असईलाई अनुरोध गरे ।

मोवाईल गाडीमा राखेका असइले जवानको आदेश नमान्ने र आफु भन्दा उपल्लो तहबाट आदेश आउनुपर्ने बताएपछी महर र मोवाईल गाडीमा रहेका प्रहरीबीच केहिवेर सम्म विवाद हुन्छ । एसपी रानाले तस्कर छुटाउँन खटाएका प्रहरी र मोबाइल गाडीमा राखेका असई प्रहरीको विवाद भइरहेको मौका छोपेर पक्राउ परेका (खाँ) हतकडीसहित फरार हुन्छन् ।

प्रहरीको नियन्त्रणमा रहेका काठ तस्कर हतकडीसहित भागेपछि प्रहरी टुलु टुलु हेरेर बसि रहयो । फरार रहेका खाँलाई खोज्न जिल्ला प्रहरी कार्यालय बाँकेले सबै निकायलाई रातभर हिरमिनियामा परिचालन ग¥यो तर खाँ कतै भेटीएनन् । हतकडीसहित फरार भएका खाँ अहिले सीमा पारी भारतीय भुमिमा रहेका छन् भन्ने विषेश जानकारी रहेको छ ।

हतकडीसहित खाँ भारततिर पसेपछि बाँके प्रहरीमा हल्लीखल्ली भईरहेको हुन्छ । हतकडी फिर्ता ल्याउनको लागि सादा पोशाकका एक असईको नेतृत्वमा एसपी रानाले टोली गठन गरेका थिए ।

तर भारतबाटै खाँले आफै फोन गरि प्रहरी जवान महरले काठ तस्करीको सेटिङका लागी लगेको १ लाख ५० हजार, प्रहरीले बरामद गरेको मोटरसाईकल र प्रयोग गर्ने गरेको मोवाईल फोन फिर्ता गर्नुपर्ने माग राखेका छन् । आफुले राखेका माग पूरा भएपछि मात्रै हतकडी फिर्ता गर्ने सर्त अघिसारेपछी प्रहरी उनका हरेक सर्त मान्न तयार भयो ।

सर्त अनुसार बाँके प्रहरीले काठ तस्करीको सेटिङका लागी बुझेको १ लाख ५० हजार नगद रकम र उनीबाट बरामद भएका सबै सामान उनको घरमा बुझाएपछी मात्रै भोलीपल्ट बेलुका ४ बजे मात्रै खाँले हतकडी फिर्ता पठाए । बाँकेका एसपी रानाले बैशाख यता मात्रै रकम असुलीको लागि प्रहरी जवान महरको नेतृत्वमा तीन प्रहरी परिचालन गरेका थिए ।

काठ तस्कर खाँलाई किन बचाउन चाहन्थे एसपी ओम राना

आफ्नो कार्यालय मातहतको मोबाईल गाडीमा राखेका प्रहरीले आफैलाई १ लाख ५० हजार रकम बुझाएको काठ तस्कर खाँलाई प्रहरीले नियन्त्रणमा लिएपछि एसपी रानालाई समस्या प¥यो । (किनकी एसपीकै सेटिङ्गमा) सबै काठ तस्कर भईरहेको थियो ।

टोलीले उनीलाई मुचुल्का गरेर कार्यालय ल्याएपछि आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउनुपर्ने बाध्यता थियो ।

तस्कर लाइनको लागि ठूलो रकम बुझाएका खाँले कारबाही परेको अवस्थामा एसपी रानाले सबै पोल खोलिदिन सक्थे । त्यही कुरा बुझेका एसपी रानाले आफु निकटका घुमुवा महरको नेतृत्वमा तस्करलाई छुटाउँने जिम्मा दिएर खटाएका थिए ।

एसपी रानाको निर्देशन पाएका महराले खाँ छुटाउनको लागि मोबाइल गाडीमा राखेका प्रहरी असईलाई तल्लो स्तरको गाली गर्दै विवादमा उत्रिएका थिए ।

एसपी रानाले घटना बाहिर ल्याउँने प्रहरीलाई कारबाहीको धम्की दिएका थिए

एसपी रानाले यो घटनाको सूचना पत्रकारलाई दिने अथवा बाहिर ल्याउने प्रहरीलाई कारबाही गर्ने धम्की दिएपछि लामो समयसम्म यो घटना गोप्य रह्यो । तर केहि दिन पछि यो घटनाबारे एक स्थानीयले मिसन टुडे र बाँके अपडेपलाई सूचना दिएका हुन् ।

सोही सूचनालाई आधार मानेर विभिन्न स्रोतसँग बुझ्दा घटना भएको पत्ता लागेको हो । एसपी ओम रानाले यो घटना थाहा पाएका र सुचना बाहिर लिक गराउने प्रहरीलाई जागिरबाट हात धुनुपर्नेसम्मको धम्की दिएका थिए ।

अभैmसम्म पनि अधिकांश प्रहरीहरु यो घटनाबारे औपचारिक रुपमा बोल्न डराइराखेका छन् ।

सादा पोसाकमा रकम उठाउने छुट्टै घुमुवा

पहिलेदेखि नै जिल्ला प्रहरी कार्यालय बाँके मातहत सई बम रावलको नेतृत्वमा एक दर्जन बढी प्रहरीहरु सादा पोशाकमा परिचालन भएका थिए । तर उक्त टोलीलाई नेपालगञ्जको ट्राफिक चोक र परसपुर चोक भन्दा तल जाने अनुमती दिईएको थिएन ।

एसपी रानाले सादा पोशाकका प्रहरीलाई तस्करीका कुनै सामान चेकजाँच वा नियन्त्रणमा लिए चुस्ता लगाएर आफु सामु सामेल हुन आदेश दिएका छन् । सई बम नेतृत्वको सादा पोशाकका अन्य प्रहरी को कहाँ कहाँ गए भन्ने सूचना संकलन गर्नका लागी एसपी रानाले महरसँगै अन्य प्रहरी खटाएका थिए ।

असुलीको मुख्य जिम्मा महरलाई छ भने बिभिन्न तहका सूचना संकलन गर्ने जिम्मा अन्य प्रहरीलाई छ । उनीहरु तीनै जनाको थाँतबास नाका नाकामा हुने गरेको छ । बाँकेको जमुनाहा, हिरमिनिया, खडैचा, साईगाउँ, बेलभार र राधापुर सैनिक तस्करी गर्नका लागी मुख्य नाका मानिन्छ । यीनै नाकाहरुमा एसपी रानाले खटाएका घुमुवाहरुको असुली आतंक मच्चिरहेको छ ।

प्रहरी जवान महरले तस्करीका नाईकेहरुलाई खुलेआम भन्ने गरेका छन, मैले भनेको रकम बुझाउ खुलेआम तस्करी गर, अहिले टेण्डर मेरो हातमा छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जमा लामो समयसम्म घुमुवाको रुपमा काम गरिसकेका महरा बाँकेका लागी असुली धन्दामा माहिरै मानिन्छन । एसपी रानाको मंगलवार साझ सरुवा भएपछि त अझै असुली आतंक अझै मच्चाइएको छ ।

सुचना सम्बन्धि थाहा पाएका एसपीले जवाफ दिन सकेनन्

यसबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताले प्रयोग गर्ने मोबाइल बन्द रहेको थियो । र बाँके प्रहरी प्रमुख एसपी रानाले भने यसबारे धेरै केही बोल्न चाहेनन् ।

तपाईलाई तस्करले रकम दिएको हो भन्ने हाम्रो प्रश्नमा उनले बुझने भन्दै फोन काटिदिए । आफ्नै प्रहरीले समातेका तस्कर छुटाउन घुमुवा किन पठाएको भन्ने प्रश्नको समेत उनले उत्तर नदिएर फोन नै काटिदिन् छन् ।

आजको यो समाचार मिसन टुडेमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख