९ असार,

बाँके अपडेट : लुम्बिनी प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

सोही घोषणा अनुसार आश्रित परिवारलाई राहत रकम लिनका लागि निवेदन माग गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन् ।

उनका अनुसार, राहत रकम दावीका लागि कोभिड–१९ को परीक्षण रिपोर्ट पोजेटिभ, मृतकसँग हकवालाको नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित स्थानीय तहको सिफारिस, राहत रकम दावीकर्ताको नागरिकताको प्रतिलिपी र रकम दावीकर्ताको खाता नम्बर प्रष्ट देखिने चेकको प्रतिलिपीसहित निवेदन अनिवार्य दिनुपर्ने छ ।

ओलीका अनुसार कोरोनाको पहिलो लहरबाट बाँकेमा ५६ जनाको मृत्यु भएको र उनीहरुको नाम र ठेगानासहित राहत रकमको व्यवस्था प्रदेश सरकारले गरिसकेका कारण निवेदनका लागि आह्वान भएको बताएका छन् ।

हेर्नुहोस् पत्र

प्रतिक्रिया

सम्बन्धित ख