
९ असार,
रोल्पा : रोल्पा नगरपालिका –९ होमामा गएराति पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु र ३ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिएका छन् ।
निरीक्षक रानाका अनुसार, अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको जनाएको छ ।
प्रहरीका अनुसार ६ जना सुतेका मध्ये २ जनाको अवस्था सामान्य रहेको छ । भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीसहितको टोली घटनामा पुगेर उद्धारको काम गरिरहेको डीएसपीले बताएका छन् ।