८ असार,

अछाम :  अछामको मंगलसेन नगरपालिकामा कर्मचारीले कामकाज ठप्प पार्दा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीहरुले मंगलबार बिहानैदेखि कार्यालयमा तालाबन्दी गरेर कामकाज ठप्प राखेर कार्यालय भित्र बसेका छन् ।

कर्मचारी सबै कार्यालय भित्र बसेर मुल गेटमा तालाबन्दी गरेका छन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि सेवाग्राहीले सोमबार अभद्र व्यवहार गरेको विरोधमा कामकाज ठप्प पारेको कर्मचारीले बताएका छन् । टाढाटाढाबाट सेवा लिन सदरमुकाम मंगलसेन पुगेका सेवाग्राही खालि फर्किनुपरेको छ ।

समाचार स्रोतका अनुसार मंगलसेन बजारको एक होटलमा सोमबार बेलुकी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सोडारी र स्थानीय सिद्धराज ढुंगानाबीच भनाभन भएको थियो । त्यही विषयलाई लिएर सोडारीले आफूमाथि दुर्व्यवहार भएको भन्दै मंगलबार कामकाज ठप्प पारेर कार्यालय बन्द गरेका हुन् ।

होटलमा भएको विवादलाई लिएर कार्यालयको कामकाज ठप्प पारेकोमा सेवाग्राही भने आक्रोसित बनेका छन् । निमित्त प्रमुख सोडारीले भने होटलमा विवाद भएको कुरा अस्वीकार गरे । उनले कार्यालयबाट फर्किने बेला सिफारिसको विषयलाई लिएर आफूमाथि बाटैमा दुर्व्यवहार भएको बताए । घटनाका विषयमा अहिले कार्यालयमा छलफल भइरहेको सोडारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख