
८ असार,
विराटनगर : मोरङको रंगेली नगरपालिका–७ रंगेली बजारमा टिपरको ठक्करबाट मोटरसाइकल एक चालकको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ९ बजेको समयमा पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट मृत्यु हुने चालक रतुवामाई–६ सौठा का ४२ वर्षीय तिलकराज खड्का रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको रंगेली अस्पतालमा पु¥याउन साथ मृत्यु भएको हो । टिपर र चालक धनपालथान–६ का ३९ वर्षीय विद्या सागर रायलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा लिएको छ ।