
८ असार,
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दुर्घटनामा जान नदिने र रहेको देशलाई बचाउनु पर्छ, भन्ने बिषयमा बोलेका छन् ।
माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताएका हुन् ।
प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई पौडेलले ठूलो योगदान दिएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरे। पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।