
८ असार,
चितवन– चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्य भएको छ । सोमबार दिउँसोको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ५ मगरटोल बस्ने ३२ वर्षकी गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नो घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गरेर मृत्यु भएको बताएको छ ।
बाघको आक्रमणबाट मृत्यु भएकी अधिकारीको शव प्रहरीले जंगलबाट निकाल्न नसकेको भन्दै स्थानियले प्रदर्शन गरेका छन् ।
बाघको आक्रमणबाट मृत्यु भएको जानकारी प्रहरी प्रशासनलाई भएपनि शव निकाल्न कुनै प्रयास नगरिएको भन्दै स्थानियले चितवन राष्ट्रिय निकुञ्ज, सौराहा सेक्टर कार्यालयमा प्रदर्शन गरेको जानकारी दिए ।
यसअघि पनि चितवनमा बाघको आक्रमणबाट नै केही ब्यक्तिहरु घाइते भइसकेका छन् ।