
७ असार,
बाँके अपडेट : बाँकेमा जारि निषेधाज्ञा फेरि एक हप्ता थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बाँके अपडेट लाई बताएका छन ।
निषेधाज्ञाको मोडालिटी केही परिवर्तन गरेर थप गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।
कोरोनाको हटस्पट बनेको बाँके जिल्लामा पछिल्लो समय निकै कमि आएको हुनाले अझै पनि सर्तक्ता अपनाउनका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्लामा जारी निषेधाज्ञाको खासै प्रभाबकरिता नभएको र सुस्त प्रशासन भएको भन्दै जन गुनासो व्यापक मात्रामा सामाजिक संजालमा देखिने गरेको छ ।
जनताको जन गुनासोलाई मध्यनजर राख्दै व्यवासाय बिहान ९ बजे देखि दिउसो ४ बजे सम्म खुल्ने गरि नयाँ विज्ञप्ति सार्वजनिक गरिएको अधिकारी बताउछन् ।
देहाय बमोजिमका सेवा र कार्यहरु हाललाई संचालनमा नआउने
– शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, टूसन सेन्टर, तालिम केन्द«)
– सबै प्रकारका सभा (गोष्ठि, सेमिनार हल, प्रर्दशन, तथा सम्मेलन
– सिनेमा हल, पार्टि प्लेस, फन पार्क, क्यासिनो, दोहोरी डान्सबार, तथा ब्यूटि पार्लर
– स्विमिङ पुल, जिमखाना, लगाएत हेल्थ कल्बमा खेलिने खेलकुद, खेलमैदानमा हुने प्रस्तुति
– पुजारीबाट हुने नित्य बाहेकका सबै प्रकारका धार्मिक तथा सांस्कृतिक गतिविधिहरु
– यात्रुबाहक सार्वजनिक सवारी साधनहरु
– औषधि उपचार, अतिआवश्यक काम र राजमार्ग बाहेक अनुमति बिना बाँके प्रवेश
मास्क, भौतिक दुरी लगाएत जनस्वास्थ्यका मापदण्डहरुको पालना हुनेगरी, देहाय बमोजिमका सेवा र कार्यहरु हाललाई संचालनमा गर्ने
– दुर शिक्षा लगाएतका वैकल्पिक सिकाईका माध्यमबाट हुने शिक्षण तथा सिकाई
– सबै सार्वजनिक निकायहरु लगाएत बैँक तथा वित्तिय संस्थाबाट हुने सेवा प्रवाह (कार्यालयमा भिडभाड नहुने) उपाए अबलम्बन गरि सेवा प्रवाहको व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने
– कृषि कार्य, उद्योग कलकारखाना, निर्मान कार्य, (निर्माणस्थलमै श्रमिक, कामदार रहनेगरि)
– औषधि लगाएत, अतिआश्यक एवंम दैनिक उपभोग्य वस्तु तथा रेष्टुरेन्टबात हुने टेक अबे सेवा
– बुद्धा नं. १ मा उल्लिखित हाल संचालनमा रोक लगाएका पसल व्यवासाय बाहेक अन्य पसलहरु बिहान ९ बजे देखि दिउसो ४ बजे सम्म मात्र
– बिवाह, ब्रतवन्ध नृत्यसंस्कार लगाएतका सामाजिक कार्यहर (बढिमा १५ जना सम्मा मात्र सहभागि हुन पाउने)
– उल्लिखित पेसा व्यवसाय, कार्यमा सम्बद्ध व्यक्तिहरु (परिचय पत्र हुनुपर्ने) ले प्रयोग गर्ने सवारी साधन अतिआवश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन, झण्डावाल सवारी, निलो (कुटनितिक) प्लेट संचारकर्मि पास एवंम जिल्लाबाट अनुमति प्राप्त सवारी साधन र मालबाहक तथा ढुवानी साधनहरु
विज्ञप्ति :