७ असार,

सिन्धुपाल्चोक : हेलम्बु र मेलम्ची क्षेत्रमा रहेको ट्राउट माछा फार्ममा बाढीले ४ अर्ब रुपैयाँभन्दा क्षति भएको छ।

असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले सातवटा ट्राउट माछा फार्म बगाएको छ । हेलम्बु गाउँपालिका किउलका भण्डारी ट्राउटका सञ्चालक उत्तममणि भण्डारीको ९ करोड रुपैयाँ लगानीमा ट्राउट जातका माछापालन गर्दै आएका थिए। फार्मबाट मासिक ७० लाख रुपैयाँको कारोबार गर्दै आएका उनको फार्म मेलम्ची खोलामा आएको बाढीले बगाएको छ।

‘बाढी आउन थालेपछि धमिलो पानीबाट माछा जोगाउन हामी कुलो फेदैै थियौं,’ भण्डारीले भने, ‘एक्कासी कल्पना गरेभन्दा ठूलो बाढी आएपछि हेर्दाहेर्दै करोडौंको सम्पत्ति बगरमा परिणत भयो।’ आफू मुस्किलले बाँच्न सफल भए पनि उनको फार्मका एक कर्मचारी अझै बेपत्ता छन्।

बाढीले पाल्चोकको रातोपुलमा रहेको युवराज खड्काको ट्राउट फार्म बगाएको छ। रिसोर्ट समेत सञ्चालन गरेका खड्काको डेढ करोड रुपैयाँभन्दा धेरै क्षति भएको उनको भनाई रहेको छ । उनले भौतिक संरचना मात्रै डेढ करोड लगानी गरेका थिए। माछा र जग्गा समेतको मूल्य जोड्दा त्यो रकम धेरै गुणा बढ्ने खड्का बताउँछन्। ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा अब पुनः त्यो व्यवसायमा फर्कन सक्ने अवस्था नहरेको उनीहरुको गुनासो छ।

हेलम्बुमा सञ्चालित फार्ममा मात्रै ६० टनभन्दा बाढी माछा उत्पादन हुन्थ्यो। लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरुले आकर्षण बढ्दै थियो। ट्राउट माछाकै कारण पनि पर्यटक आउने क्रम बढ्दै गरेको थियो। ती सबै फार्म बाढीले बगाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन्।

‘हेलम्बुको ट्राउट माछा खानकै लागि वर्ष धेरै पर्यटक यहाँ आउने गरेका थिए,’ अध्यक्ष शेर्पाले भने, ‘तर बाढीले सबै फार्म बगाएको छ। युवा व्यवसायीलाई विस्थापित बनाएको छ। अर्बौं रुपैयाँको क्षति भएको छ।’

यहाँका आठवटा ट्राउट फार्ममा ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए। ट्राउट माछाका लागि प्रख्यात उक्त क्षेत्र अहिले बगरमा परिणत भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख