
असार-७,दाङ ।
✍️बिजय काफ्ले
दाङको लमही स्थित टिप्पर चालकको श्रीमती र सालिको बलात्कार र लुटपाट भएको छ ।
दाङ जिल्लाको लमहि नगरपालिका वडा नं. ७ स्थित सम्राट सिमेन्ट उद्योगमा रा १ ख २४१९ नम्बरको टिपर चुनढुगा अनलोड गरी लमही तर्फ आउने क्रममा सोही दिशा तर्फ आउदै गरेको मोटर साइकलमा सवार ३ जना ब्यक्तीको समुहले तरवार देखाइ टिप्परमा सवार चालक र सहचालक सहित ४ जना व्यक्तिलाइ नियन्त्रणमा लिइ रुखमा बाँधि २ महिलालाइ करणी र लुटपाट गरिएको प्रहरिले जनाएको छ ।
रुखमा बाधि प्युठान स्वार्गद्धारी नगरपालिका ९ बस्ने चालकको श्रीमति र चालकको साली लाइ जवरजस्ति करणी गरि निजहरुसँग भएको नगद,सुन र मोवाइल लुटपाट गरि टिपरको सिसा समेत फुटाएको प्रहरी स्रोतले जनाएको छ ।
घटनाबारे जानकारी पाउन साथ राती २ बजे सशस्त्र प्रहरि बल नेपाल नं. ४१ गण लमहिबाट सप्रनाउ केशवराज थापाको कमाण्डमा ११ जना टोली खटिइ निज व्यक्तिहरुलाइ सकुशल उद्धार गर्दै घटनामा संलग्न मध्येको दाङ्ग जिल्ला लमहि नगरपालिका ७ बस्ने बर्ष २१ को किरण बुढा सहित निजहरुले प्रयोग गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
प्रहरी स्रोतका अनुसार घटनामा संलग्न व्यक्ति दाङ्ग जिल्ला लमहि नगरपालिका ७ बस्ने बर्ष २१ को किरण बुढा, दाङ्ग जिल्ला लमहि नगरपालिका ७ बस्ने बर्ष २१ को प्रेम परियार र दाङ्ग जिल्ला लमहि नगरपालिका ६ बस्ने बर्ष २१ को अर्बिन चौधरी रहेको प्रहरी स्रोतले जनाएको छ ।
दाङमा खोला दोहन,तस्करी,अपहरण र बलात्कारको घटनाक्रम दिन प्रतिदिन बढ्दा दाङको सुरक्षा ब्यवस्था माथी नै प्रश्न चिन्ह उठेको छ । यस्ता घटना बड्दो क्रममा देखिता पनि प्रहरी चनाखो भएको पाइदैन ।