६ असार,

बाँके अपडेट :  बाँकेमा मिति २०७८।०३।०६ गते जिल्ला प्रहरी बाँकेको कार्यालय परिसरमा नव निर्मित अमर प्रहरी स्मारकको एक कार्यक्रमका बिच उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालज्यु, नेपाली सेनाका सेनानी नकुल थापाज्यु, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाज्यु, सशस्त्र प्रहरी उपरीक्षक असोक बमज्यु, राष्ट्रिय अनुसन्धानका निर्देशक नरेन्द्र गरीज्यु लगायत स्मारक निर्माण समितिका पदाधिकारीज्युहरु तथा स्मारक निर्माणमा सहयोग पु¥याउनुहुने सम्पुर्ण महानूभावहरु र पुर्व प्रहरी, अशक्त प्रहरीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालज्युले स्मारक निर्माण समितिलाई धन्यवाद दिँदै अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक आवश्यक हुने कुरा समेत ब्यक्त गर्नु भएको छ ।

त्यसैगरी, कार्यक्रमको अन्त्यमा प्रहरी उपरीक्षक ओम बहादुर रानाले स्मारक निर्माणमा प्रतक्ष तथा अप्रतक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यबाद दिँदै सहयोग पु¥याउने महानुभावहरुलाई खादा ओढाई प्रशंसा पत्र समेत प्रदान गरी सम्मान गरीएको छ ।

हेर्नुहोस् फोटोफिचर सहित

 

प्रतिक्रिया

सम्बन्धित ख